default_image

3 years ago

August 14, 2022

श्रेष्ठलाई करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ । करातेका मुख्य प्रशिक्षक हिरा सिंह डंगोल विदामा छन् । करातेको व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नका लागि विश्वास गरेकोमा राखेप नेतृत्व र परिवारलाई श्रेष्ठले धन्यवाद दिएका छन् ।

‘नवौं राष्ट्रिय खेलकुद नजिकिदो छ । यस्तोमा व्यवस्थापकिय जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने,‘ अहिले सम्म प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेको थिए अब त्यसमा व्यवस्थापकिय जिम्मेवारी पनि थपिएको छ । मलाई त्यसको जिम्मेवारी दिएमा राखेप नेतृत्व र परिवारलाई धन्यवाद । यसले करातेलाई थप व्यवस्थित बनाउन आफ्नो ठाँउबाट प्रयास गर्नेछु ।

सन् १९९९ मा स्वदेशमा भएको आठौं साग र २००४ मा पाकिस्तानमा भएको नवौं सागमा श्रेष्ठले स्वर्ण पदक जितेका थिए । करातेमा लगातार दुई संस्करणमा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ २०५४ सालमा राखेपमा नियुक्त भएका थिए भने २०६१ मा स्थायी भएका थिए । उनले पटक पटक राष्ट्रिय कराते टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.