3 years ago
September 8, 2022
ललितपुर (हाम्रो खेलकुद)–ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई भत्ता दिन सुरु गरेको हो । श्रेष्ठ र महर्जन करातेका पूर्व खेलाडी र अहिलेका प्रशिक्षक हुन् । श्रेष्ठ नवौं सागका पनि स्वर्ण पदक विजेता हुन् । श्रेष्ठ गोदावरी ११ र महर्जन १२ का स्थायी बासिन्दा हुन् । नगरले उनीहरुको भत्ता हरेक महिना बैंक खातामा पाठइदिने श्रेष्ठले जानकारी दिए ।
‘खेलकुदमा पुर्याएको योगदानका लागि नगरले गरेको सम्मानप्रति हामी आभारी छौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने,‘यसले अरु स्थानिय निकायलाई पनि आफ्ना खेलाडीलाई पुरस्कृत गर्न प्रेरणा मिलोस् भन्ने हामी चाहन्छौं ।’
५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर गोदावरीले बिहीबार आफ्ना नगरवासी पिएचडी गर्ने, एइइमा राम्रो नतिजा ल्याउने स्कुल र खेलकुदमार्फत योगदान पुर्याउनेलाई सम्मान गरेको थियो । श्रेष्ठ र महर्जन पनि सोही अवसरमा सम्मानति भएका थिए ।
गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले सम्मानित गरेका थिए । १३ औं सागका प्रशिक्षकका रुपमा देशलाई सफलता दिलाएको मा गोदावरीले श्रेष्ठ र महर्जनलाई गत वर्ष समान २ लाख रुपैयाँ पनि सम्मान गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।