2 years ago
June 12, 2023
धरान (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन बनको छ । धरानमा आइतबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो ।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेना दोस्रो भयो । आर्मीले ४ स्वर्ण र ३ रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ४ कास्य पदक जित्दै तेस्रो भयो ।
प्रतियोगितामा महिलातर्फ लुम्बिनीकी प्रतीक्षा केसी र पुरुषतर्फ गण्डकीका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । आर्मीकी उर्मिला गुरुङ रजत तथा प्रदेश–१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापा कास्य पदक जितन्। पुरुषतर्फ उत्कृष्ट सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए । यो तौलसमूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण तो बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जितेका थिए ।
जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्ने क्रममा लुम्बिनीकै नेहा खत्रीलाई हराइन् । गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कास्य पदक जितिन् । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण र लुम्बिनीकै आसिका जिसीले रजत पदक जितिन् । गण्डकीकी लिला पुरी र मधेशकी अस्था राईले कास्य पदक जितिन् ।

सिनियर पुरुष ७३ केजीमुनि तौलसमूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जिते । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कास्य पदक जिते । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण र मधेशकी प्राप्ती रानामगरले रजत तथा प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कास्य पदक हासिल गरिन् ।
धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेकाे प्रतियोगिताका विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पुरस्कृत गरेका थिए । समापनमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राईलगायतकोसंघ उपस्थिति थियो ।
जेठ २७ र २८ गतेसम्म सञ्चालित प्रतियोगितामा पुरूष तथा महिला दुवै तर्फ जुनियर र सिनियर गरी कुल ४ विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले बताए। प्रतियोगितामा सेना तथा ६ प्रदेशका १ सय ५१ खेलाडीले ३१ स्वर्ण , ३१ रजत र ६२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अघि जेठ २६ गते अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले रेफ्री सेमिनार सन्चालन गरेका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।