6 months ago
June 1, 2025
सुबास हुमागाईं, काठमाडौं
एरिका गुरुङले विश्व करातेको सबैभन्दा कठिन मध्यको कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छिन् ।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाएकी हुन् । एरिकाले पहिलो सहभागितामै पदक दिलाउँदै दुर्लभ इतिहास आफ्नो नाम गरेकी छिन् । विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेकी हुन् ।
कास्य पदकको खेलमा एरिकाले सुरुवातदेखि नै काउन्टर अट्याकको रणनीति लिँदै खेलेकी थिइन् । सुरुवातमा दुवैले युको जोडेपछि अर्को युको जोड्दै एरिकाले सेन्शु आफ्नो नाम गरिन् । त्यसपछि विपक्षीले लगातार आक्रमण गर्न खोजेपनि उनले लगातार विपक्षीको आक्रमण रोक्दै काउन्टरमा युको जोडीरहिन् । अन्त्यमा एरिकाले ६-२ को जित दर्ता गरिन् ।
विश्व कराते महासंघले विश्वका ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ । एरिकाले पछिल्लो समय एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि मोरक्कोको रबातमा भएको प्रिमियर लिगमा सहभागिता जनाउने अवसर पाएकी थिइन् । नेपाली खेलाडीको पहिलो सहभागितामै एरिकाले पदक दिलाउँदै अर्को इतिहास रचेकी छिन् ।
एरिकाले सुरुवाती चरणको रुपमा रहेको पुल ६ को खेलमा टर्कीकी जेना गाबालासँग २-२ र इटालीकी क्लिओ फेराकुतीलाई ३-१ ले हराउँदा साइप्रसकी जिआमुकी ठेओदोसियासँग १-१ को बराबरी खेलेकी थिइन् ।
त्यसपछि इजिप्टकी हैदी महघुबलाई ८-२ ले हराएकी उनी स्पेनिकी मारिया टोरेस गार्सियासँग भने ५-५ को बराबरीमा पछि परेकी थिइन् । त्यसपछि तेस्रो स्थानको खेलमा उनले क्लेमेन्सलाई हराइन् । एरिकालाई सेमिफाइनलमा हराएकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४-२ ले हराएर स्वर्ण जितिन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।