7 months ago
June 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी एरिका गुरुङ विश्व वरीयतामा व्यापक सुधार गर्दै २७ औं स्थानमा उक्लिएकी छिन् ।
यसै साता कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो ।
महिला ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी एरिकाको यसअघि वरीयताको ५७ औं स्थानमा थिइन् ।
कराते प्रिमियर लिगमा विश्वको उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागिता जनाउन पाउने भएपनि एरिकाले रिप्लेस्मेन्टमार्फत अवसर पाएकी थिइन् ।
मोरक्कोको रबातमा भएको उक्त प्रतियोगिताको पहिलो सहभागितामै पदक जित्दै एरिकाले इतिहास रचिन् ।एरिकाको विश्व वरीयता सुधार भएर २७ स्थानमा आएसँगै अब भने उनले कराते प्रिमियर लिगमा नियमित सहभागिता जनाउन पाउने भएकी छिन् ।
यो वर्षको प्रिमियर लिगको तालिका भने सम्पन्न भइसकेको छ । २०२५ को सिजनमा एरिकाले कुल ५ सय ७० अंकसहित तौल समूहको १८ औं स्थान हासिल गरिन् ।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेनकी मारिया टोरेस गार्सिया रहेकी छिन् । मारियासँग एरिकाले कराते प्रिमियर लिगको सेमिफाइनलमा हार बेहोरेकी थिइन् । ५-५ को स्कोर बराबरीपछि सेन्शुको आधारमा मारिया फाइनल पुगेकी थिइन् ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]