5 months ago
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।
थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । यु–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत पदक जिते ।
सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेश्रो भइन् । सिनियर महिला ५५ केजीमा सविना श्रेष्ठले कास्य पदक जितिन् ।
सिनियर महिला ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन् । यस–१४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन् । पुरुष ४५ केजीमा आशिष हरिजन तेस्रो भए ।
यु–१४ पुरुष ५० केजीमा प्रजल थापाले कास्य पदक जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।