8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्किमिनिस्तानको अस्गावादमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर मार्सल आर्टस गेम्समा सहभागी हुने खेलाडीसहितको आफ्नो टोलीलाई नेपाल कुरास संघले आज विदाई गरेको छ । मार्सल आर्टस गेम्स सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना हुँदैछ ।

विदाईका क्रममा दायाँबाट क्रमश: खेलाडी दीप छन्त्याल, व्यवस्थापक प्रतिक्षा खरेल, खेलाडी जयन्ती श्रेष्ठ तथा भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ ।
जहाँ कुरासका तीन खेलाडी जयन्ती श्रेष्ठ, अस्मिला छन्त्याल र दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । संघकी उपाध्यक्ष प्रतिक्षा खरेल टोलीको व्यवस्थापक रहेकी छिन् । जयन्तीले ७८ केजी, अस्मिलाले ८७ र दीपकले ९० केजीमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
गेम्सका लागि अन्तर्राष्ट्रिय कुरास महासंघले उपाध्यक्ष खरेललाई प्राविधिक समितिमा समेत मनोनयन गरेको र उनी शनिबार नै त्यसतर्फ जाने भइकी छिन् । खेलाडी भने सोमबार जाने बताइएको छ । मार्सल आर्टस गेम्सको तयारीका लागि अस्मिता झन्डै महिना दिन यता उज्वेकिस्तानमा प्रशिक्षण लिइरहेकी थिइन् । उनी आज स्वदेश फर्कदैछिन् ।
कुरास टोलीलाई संघका अध्यक्ष दानबहादुर घिसिङलगायत अन्य पदाधिकारीले विदाई गरे । नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले कुरास टोलीलाई ट्रयास सुट र जर्सी प्रदान गरेका थिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]