8 years ago
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा आयोजना हुने विश्व युथ मार्सल आर्टस् च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कोरियाको जेन्छुन नगरपालिकाको आयोजनामा शनिबारबाट कात्तिक २४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका गौरव गती र क्रिस थापाले भाग लिने नेपाल कुराश संघले जनाएको छ । टोलीका् प्रशिक्षकमा चन्द्र बुढा र व्यवस्थापमा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौडारी रहेका छन् ।
खेलाडीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, संघका अध्यक्ष दानबहादुर घिसिङ, संघकी उपाध्यक्ष प्रतिक्षा खरेल, मध्यमाञ्चल खेलकुद विकास समितिका सदस्य शुक्रराज प्याकुरेलले विदाई गरे ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]