default_image

8 years ago

November 30, 2017

कुराँस टोली टर्की प्रस्थान

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर विश्व कुराँस च्याम्पियनसिप र कंग्रेसका लागि दुई सदस्यीय नेपाली कुराँस टोली टर्कीको इस्तानबुल प्रस्थान गरेको छ ।

संघकी उपाध्यक्ष प्रतिक्षा खरेल (बायाँ) र खेलाडी भगवती माझी (दायाँ) का साथ संघका अध्यक्ष दानबहादुर घिसिङ ।

च्याम्पियनसिप तथा कंग्रेस यहि डिसेम्बर १ देखि ४ सम्म आयोजना हुँदैछ । विश्व च्याम्पियनसिपमा खेलाडी भगवती माझीले आफ्नो चुनौती पेश गर्ने छिन् । भगवतीका साथ कुराँस संघकी उपाध्याक्ष प्रतिक्षा खरेल पनि रहेकी छिन् । खरेलले कंग्रेसमा अन्तर्राष्ट्रिय कुराँस महासंघको कार्यकारी समिति सदस्यको लागि मनोनयन दिने संघले जनाएको छ ।

दुई सदस्यीय टोलीलाई नेपाल कुराँस संघका अध्यक्ष दान बहादुर तामाङ, नेपाल सिलात मार्सल आर्ट्सका महासचिव नवीन राई, समाजसेवी आशिष घर्ती लगायतले बिदाई गरे ।

विदाईपछि खेलाडी माझीले ऐतिहासिक र महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने बताईन् । माझी ५२ केजी तौल समुहमा इस्तानबुलको हसाना डोगना स्पोर्ट्स हलमा उत्रने छिन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.