default_image

8 years ago

March 21, 2018

तीन सदस्यीय कुराँस टोली भारततर्फ

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ (बायाँ)।

भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । एसियाली कुराँसको निमन्त्रणामा नेपाली टोली त्यसतर्फ जान लागेको सदस्य खरेलले जानकारी दिइन् ।

विशेष साधारण सभापछि महासंघका अध्यक्ष र महासचिवसँग नेपाली टोलीको भेट हुने कार्यक्रम तय भएको बताइएको छ । संघका पूर्वअध्यक्ष दानबहादुर घिसिङमाथि  छानबिन चलिरहेकोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना संघ पूर्नगठन गरेको थियो । राखेपले तदर्थसमितिलाई तीन महिना भित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.