7 years ago
July 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रबिन थापा र रुबिना घलेले थाइल्याण्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले स्वर्ण जितेका हुन् । यस्तै महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्णको सफलता दिलाए ।
च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले कास्यपदक प्राप्त गरे । पुम्सेकै ब्लयाक बेल्टमा रत्न महर्जनले तथा फाइटमा केशव थापा र ३८ केजीमा अनिष श्रेष्ठले कास्यपदक आफ्नो नाममा लेखाए ।
च्याम्पियनसिपको मास्टरतर्फ टिम पुम्सेमा बब्लु सिवाकोटी, गोपाल भण्डारी र दीपेन गुरुङले तथा व्यक्तिगत पुम्सेमा पनि गोपालले कांस्य पदक प्राप्त गरे ।
च्याम्पियनसिपमा कुल १५ राष्ट्रको सहभागिता रहेको टिम प्रशिक्षक प्रबिन थापाले जानकारी दिए । २ स्वर्ण र ६ कास्य सहित कुल ८ पदक जित्ने खेलाडी न्युजेन तेक्वान्दो डोजाङका हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।