default_image

7 years ago

February 25, 2019

स्पेनमा सुनिललाई स्वर्ण र रोशनलाई कास्य

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आट्र्स च्याम्पियनसिपमा नेपालका सुनिल मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् ।

सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनिलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिषेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए ।

सुनिलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई हराउँदै स्वर्ण जितेका हुन् । त्यसअघि सेमिफाइनलमा उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

त्यस्तै रोशनले फाइटतर्फ पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए । त्यसपछिको क्वार्टरफाइनलमा अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई हराउँदै रोशनले कांस्य पदक पक्का गरे ।

तर, सेमिफाइनलमा उनी इटालीका अर्टिअम प्रोकासँग पराजित भए । च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक अभिषेक मल्लले आफु बेस्ट रेफ्रीको अवार्ड जित्न सफल भएको बताए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.