default_image

6 years ago

June 27, 2019

एसियन पदक जित्ने समिर स्वदेश आइपुगे

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपका कास्य पदक विजेता समिर खड्गीलाई बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।


म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कास्य पदक जितेका थिए ।

कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा कक्षा ९ मा अध्यायनरत समिर लगायत नेपाली टोलीका प्रमुख राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल लगायतलाई पुष्पसदन स्कुलका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, संघ प्रतिनिधि,परिवारजन र खेलाडीले उनलाईस्वागत गरेका थिए ।

समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएका थिए । नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदक विहीन बनेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.