default_image

6 years ago

August 6, 2019

कुरोदय सेल्फ डिफेन्सको अध्यक्षतामा कुँवर

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्टको १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । यसअघि धीरबहादुर विष्ट संघका संस्थापक अध्यक्ष थिए ।

संघको पहिलो चुनावी साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ र विद्या चाम्लिङ, महासचिवमा सुरेन्द्रसिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिल राजकर्णिकार र कोषाध्यक्षमा अशुतोष बस्न्यात चयन गरेको छ । महासचिव विष्ट संघका प्रमुख प्रशिक्षक पनि हुन् ।

सरोज भण्डारी, तेजेन्द्र शर्मा पौडेल, सिर्जना अधिकारी, योजना रेग्मी, बसन्तराज वाइबा, ध्रुव केसी, प्रकाश बस्नेत, वीरबहादुर लिम्बू र राजु पौडेल सदस्यमा चयन भए । संघको बैठकले ३ उपाध्यक्ष र १३ सदस्य पनि मनोनयन गरेको छ ।

सदीक्षा चन्द शाह, सन्तोषमणि न्यौपाने र विनसिंह खड्का उपाध्यक्षमा मनोनित भए । सदस्यमा मनोनितहरुमा निरज तिवारी, प्रकाश रावल, दीपक देउवा, सरोज भण्डारी, तेजेन्द्र पौडेल, हेमन्त भट्टराई, कृष्णप्रसाद चापागाईं, बसन्तराज वाइबा, टीकाप्रसाद भट्टराई, बाबुकाजी केसी, स्वर्णिमा दाहाल र अनु थापा मगर छन् ।

पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गरे । कार्यक्रममा दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.