default_image

6 years ago

August 28, 2019

कुराँश टोली कोरिया जाँदै

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको चोङजुमा यसै साता सुरु हुने १२ औं विश्व कुराँश सिनियर च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारबाट सुरु हुने च्याम्पियनसपिमा उपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जानकारी दिएको छ ।

उनको प्रशिक्षकका रुपमा दीपककृष्ण श्रेष्ठ रहेका छन् भने संघका अध्यक्ष ध्रुबराज न्यौपाने टोलीको व्यवस्थापक रहेका छन् । प्रतियोगिताकै दौरान हुने १८ औं विश्व मार्सल आर्टस् मास्र्टससिप एन्ड अन्तर्राष्ट्रिय कुराँश महासंघको कंग्रेसमा संघका अध्यक्ष न्यौपानेले भाग लिनेछन् ।

सोही च्याम्पियनसिपका लागि अन्तर्राष्ट्रिय कुशाँश महासंघले कुराँश संघकी महासचिव प्रतीक्षा खरेललाई टेक्निकल अफिसरका रुपमा नियुक्त गरको छ । तीन वर्षअघि कोरियामा नै आयोजना भएको विश्व मार्सल आर्टस् मास्र्टससिपमा नेपाली खेलाडी सनमान गोलले कास्य पदक जितेका थिए ।

भोली कोरियातर्फ जाने टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसी सदस्य एवंम ट्रायथोलनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र साइक्लिङका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले विदाई गरे । टोली बिहीबार कोरियातर्फ लाग्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.