6 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ र इमानियोल डोजोकी एन्जल गुरुङ अन्तर स्कुल गोजु काई कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
बाँसबारीस्थित द चाँदवाग स्कुलमा भएको दुई दिने प्रतियोगिताबाट पुजन छात्रतर्फ तथा एन्जल छात्रातर्फ सर्वोत्कृष्ट चुनिएका हुन् । दुवैले आ–आफ्नो विधामा स्वर्ण जितेका थिए ।

प्रतियोगितामा ५ स्वर्णसहित नवज्ञान भुमि स्कुल टिम च्याम्पियन बनेको छ । ३ स्वर्णसहित आयोजक द चाँदवाग दोस्रो तथा २ स्वर्ण पदक जितेको बाँसबारी स्कुल तेस्रो भयो । पुजन र नवज्ञान भूमिका श्रीया खड्काले एकल कातामा स्वर्ण जितेका थिए । श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
एकल काताको छात्रतर्फ मित्रपार्क डोजोका सोहेन्द्र रानामगर दोस्रो तथा आयोजक द चाँदका प्रविज्ञ कोइराला तेस्रो भए । छात्रातर्फ सायुरी राईले दोस्रो तथा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भइन् । २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ ५० केजी तौलसमूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रातर्फ २० केजी तौलसमूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्णपदक जितिन् ।
छात्रतर्फ १० तौलसमूह र छात्रातर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । दुई दिने प्रतियोगिताका विजयी खेलाडीलाई गोजुकाई करातेको मुख्यालय जापानका प्रतिनिधि सिन्हान हिदेकी वाकासुगी र नाओतो सुग्युराले पुरस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।