5 years ago
August 16, 2020
धनगढी (हाम्रो खेलकुद) – कैलालीका सुवाश शाहीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ पूर्नगठन भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा कैलालीका केशव भट्ट, उपाध्यक्षमा डोटीकी प्रतिमा शाह, कैलालीका सरोज चौधरी र डडेलधुराका उत्तमप्रसाद भट्ट छन् । त्यस्तै महासचिवमा दार्चुलाका पदमबहादुर सिंह, कोषाध्यक्षमा अछामका दीपेन्द्र कुँवर र सचिवमा कैलालीका श्रीराम चौरधी छन् ।
पूर्नगठित संघमा बैतडीका जेपी चन्द, बैतडीका सुबास पडाल, अछामका रमेशकुमाल, अछामका लोगबहादुर बुढा, टिकापुरका कमल कार्की र धनन्जय रिमाल, गुलरियका दिल देउवा, डडेलधुराका कमल पनेरु र कैलालीका महेश खत्री छन् ।

क्रिकेट क्षेत्रमा सक्रिय शाहीलाई तेक्वान्दोले महत्वपूर्ण जिम्मेवारी दिएको छ । फ्रेन्चाइज लिग धनगढी प्रिमियर लिग (डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमीका शाही अध्यक्ष हुन् । आइतबार धनगढीमा आयोजित कार्यक्रममा संघका पदाधिकारी र संघले सपथ लिएका छन् ।
होटेल सोराईमा भएको कार्यक्रममो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा धनगढी उप महानगरपालिकाका खेलकुद संयोजक वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापा, वडा ८ का वडाध्यक्ष नारायण बराल, कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश कुमार चन्दलगायतको उपस्थिति थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।