default_image

5 years ago

December 28, 2020

आर्मीका सागरले जिते स्वर्ण

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सागर गुभाजुले दोस्रो भर्चुअल इन्टरसेनल तेक्वान्दो च्याम्पियनसिपको सिनियर पुरुषतर्फ स्वर्ण पदक जितेका छन् ।


जर्मनीमा शनिबार र आइतबार भएको च्याम्पिनसिप अन्तर्गत सागर विजेता बनेको सो समूहमा आर्मी क्लबकै ज्ञानेन्द्र हमालले रजत र भुपेन श्रेष्ठले कास्य पदक विजेतका थिए ।

सिनियर महिलातर्फ सन्ध्याकुमारी सिंहले रजत र युनिशा राईले कास्य पदक जितिन् । सोही विधामा रेश्मा थापा छैटौं र नम्रता तुलाधर सातौं भएकी थिइन् ।

गेरुगीका खेलाडीले किक प्याड र डमीसँगको स्पारिङ गरेर त्यसको भिडियो युट्यूबमा अपलोड गरिएको आर्मीको तेक्वान्दो टोलीका प्रशिक्षक दान ऐरीले जानकारी दिए । ऐरीले भने –łत्यो स्पारिङमा प्रयोग भएको टेक्निकका आधारमा निर्णायकहरुले नम्बर दिने र त्यसका आधारमा विजेता घोषणा गरिन्छ ।’


च्याम्पिनसिपमा स्वर्ण जित्नेले एक सय अमेरिकी डलर, रजत पदक जित्नेले ७५ र कास्य पदक विजेताले ५० अमेरिकी डलर प्राप्त गर्ने आर्मीको तेक्वान्दो टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.