default_image

5 years ago

January 4, 2021

तेक्वान्दोको प्रशिक्षण सुरु

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षक झन्डै नौं महिनापछि सुरु भएको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ ।

कोरोना भाइस कोभिड १९ को संक्रमण विश्वव्यापी हुँदै गएपछि त्यसका सुरक्षित रहनका लागि सरकारले गत वर्ष चैत ११ गते लगाएको बन्दाबन्दिबाटै अन्य खेलसँगै तेक्वान्दाको पनि प्रशिक्षण स्थगित भएको थियो ।

राष्ट्रिय टोलीका केहि खेलाडीले पहिलो दिनको प्रशिक्षणमा सहभागी खेलाडीलाई मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, दीपक विष्टले प्रशिक्षण दिएका थिए । स्वास्थ्य मापदण्ड अपनाएर गरिएको प्रशिक्षणमा दुई सातापछिबाट विभागिय टोली र अन्य खेलाडी पनि सामेल हुने संघले जनाएको छ ।

ग्योरोगी र पुम्से दुवैतर्फका खेलाडीको प्रशिक्षणलाई तिब्रता दिने उल्लेख गर्दै संघले अहिले एक समय बिहान मात्र प्रशिक्षण हुँदै आएको जनाएको छ । पारा राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडीले पनि मंगलबारबाट प्रशिक्षण सुरु गर्ने बताइएको छ ।

प्रशिक्षणको पहिलो दिन सक्षम कार्की, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, ज्ञानेन्द्र हमाल, सन्ध्या सिंह, आयशा लामा, शुभाङ्गी श्रेष्ठ, निरज देउवा, अमिष्ता खड्का र संगिता बस्याल सामेल भएकासंघले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.