4 years ago
August 28, 2021
बागलुङ (हाम्रो खेलकुद) – कर्णबहादुर बोहरासहितको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

बागलुङ बजारमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भए । निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा र तार्जन कायत मगर चुनिए ।
कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे । उनले खेलकुदलाई व्यवसायिक बनाउन राज्यले लगानीमा बृद्धि गर्नुपर्नेमा जोड दिए । ‘खेललाई सधै मेडलसँगमात्र तुलना गर्नु उपयुक्त होईन’ पोखरेलले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेलकुद विकास गर्न त्यही अनुरुपमा राज्यको लगानी आवश्यक छ ।
तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जघन गुरुङले खेलकुद प्रशिक्षकको रोजगारी ग्यारेन्टी गर्ने वातावरण सबै तहका सरकारले ध्यानदिनुपर्ने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।