default_image

3 years ago

September 21, 2021

पलेशालाई सुमेरुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् । नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।

नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् । रेपेचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।

Success

Thank you for your time.