3 years ago
October 12, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता विहीबारदेखि सुरु हुने तालिका रहेको छ । तर एक दिन बाँकी हुँदासम्म मैदान भने अझै पूर्ण रुपमा तयार भएको छैन ।

पुरुषतर्फ खेल हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ । पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिदै जाँदा आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । विहीबार औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि बुधबार मात्र हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगायतका काम गरिएको नेपाल हक्की संघको केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले बताए ।
बुधबार राति अबेरसम्म मैदानको घाँस काटिने र बाँकी विहीबार विहानैबाट काटिने तथा मैदान मार्किङ लगायतका कार्य हुने उपाध्यक्ष खड्काले बताए । उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पुर्वाधारमा खेलाडीहरुलाई चोटपटकको चुनौती रहने गुनासो गरे ।
‘समय हुँदा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिएन,’ उनले भने, ‘मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र ससाना ढुंगाका टुक्राहरु जताततै छन्, खेलाडीहरुलाई कसरी खेलाउने ?’

स्थानिय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता पनि दयनिय भौतिक अवस्थामा गराउनु पर्दा दुख लागेको उनले बताए । उनले भौतिक पुर्वाधार पर्याप्त नहुदा हक्की प्रतियोगिता प्रदेशबाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकोले चुनौतिका बावजुत पनि कास्कीमै गराउन लागेको बताए ।
यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतिका बावजुत सञ्चालन गर्न लागिएको स्विकार गरेका छन् । गण्डकी प्रदेश आयोजक रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पुर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको उनले बताए ।
‘प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ,’ सदस्य गुरुङले भने, ‘बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।’ खेल स्थल छनौट तथा व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागिपरेको उनले बताए ।
हक्कीमा पुरुषतर्फ नौ टिम र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिएपनि प्रतियोगिता अन्तर्गतका केहि खेलहरु भने सुरु भैसकेका छन् । नवौं अन्तरगत बिहीबार पुरुष र महिला फुटबल, महिला भलिबल, गल्फका खेलहरु सुरु हुनेछ ।
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]