7 years ago
April 16, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र्याली मंगलबार सुर्खेत पुगेको छ ।

सुर्खेतमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलको प्रमुख अतिथ्यता र राखेप सदस्य तथा कर्णाली प्रदेशकी खेलकुद संयोजक शान्ति सिंहको सभापतित्व ओलम्पिक टर्च र्याली सम्पन्न भयो ।
चैत २९ गते विराटनगरबाट सुरु भएको र्याली धनुषा, हेटौंडा, लुम्बिनी हुँदै सुर्खेत पुगेको हो । ओलम्पियन जितबहादुर केसी लगायतले बजारमा टर्चसहित र्यालीमा सहभागिता जनाएका थिए । र्याली आज धनगढी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा जारी र्याली प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि समापन हुनेछ । कार्यक्रममा १४ ओलम्पियनले सक्रिय सहभागिता जनाउने छन् ।
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]