4 years ago
December 25, 2021
झापा (हाम्रो खेलकुद) – आयोजक झापा गाउँपालिकाले प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार सम्पन्न भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । विजेताले उपाधिसहित १ लाख ५१ हजार रुपैयाँ र आमचोकले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
आयोजक टोलीका रोहित शिवाकोटी प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्लकर घोषित भए । उनले १६ हजार ५ सय प्राप्त गरे । आयोजक टोलीका सागर किरण भट्टराई उत्कृष्ट सेटर, आमचोकका रोमन बस्नेत उत्कृष्ट स्पाइकर, आयोजकका रोशन शिवाकोटी उत्कृष्ट सर्भर, गणेश कट्वालले उत्कृष्ट डिफेन्स घोषित भए ।
झापाका अनिष गणेश उदीयमान खेलाडी चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे । फाइनलका म्यान अफ दी म्याच आमचोकका रोमन बस्नेतले १ हजार रुपैयाँ प्राप्त गरे । जनता माविको मैदानमा भएको प्रतियोगितामा प्रदेश १ का १६ टोलीको सहभागिता थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]