default_image

2 years ago

November 17, 2022

धारा नेपालगन्ज म्याराथनको विजेतालाई डेढ लाख

163 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिबार नगद पुरस्कार घोषणा गरेको हो ।

म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिने बताइएको थियो ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ ।

ह्विलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख बिष्टले नेपालगन्ज म्याराथनले सम्पुर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी बर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘शीर्ष धावकले बर्लिनभन्दा पनि राम्रो रुट नेपालगन्ज म्याराथनको रहेको सुन्दा निकै खुसी लाग्यो,’ उनले भने,‘यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्दै पर्यटकीय क्षेत्रमा पनि ठुलो आशा जगाइदिएको छ, नेपालगन्ज र कोहलपुर –नगरपालिकाले संरक्षकत्व लिने भइसकेका छौं, क्रमशः अन्य पालिकालाई पनि जोड्दै जानेछौं ।’

टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हुँदा सहकार्य गर्दै अघि बढेको बताए । ‘हामी नेपालगन्ज म्याराथनलाई धेरै उपल्लो उचाइमा लैजान तयार छौं, आयोजकसँग छलफल गरेर अगाडि बढ्ने वचन दिन चाहन्छु ।’ प्रबन्धनिर्देशक दुगडले भने,‘नेपालगन्ज म्याराथन अन्तर्राष्टिय जगतमा पुग्न सफल छ, हामी पनि हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुराउँदैछौं, हाम्रो उद्देश्य अवश्य मिल्छ ।’

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहले एम्सको सदस्यता प्राप्त गरी सिंगो ठाउँलाई गौरव गर्ने ठाउँमा पुगेकोमा निकै खुशी लागेको चर्चा गरे । ‘सम्पुर्ण सहरवासी र छिमेकी पालिकावासी सबैले यसमा साथ दिऔं ।’ उनले भने–‘यसमा गरेको लगानीले अवश्य प्रतिफल उठाउनेछ ।’

आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिबार आयोजना हुँदैछ । नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु÷समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।
लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । यसको घोषणा चाँडै गरिने आयोजकले जनाएको छ ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी अघि बढेको आयोजकले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ ।

होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपाल टेलिकम कम्युनिकेसन पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षकको रुपमा रहेका छन् । त्यसैगरी लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्ड महत्वपुर्ण साझेदार एवं प्रवद्र्धकका रुपमा रहेका छन् । सारमाङ देहरादुन म्याराथनसँग पार्टनर म्याराथनका रुपमा रहेको बताइएको छ ।

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

Success

Thank you for your time.