3 years ago
December 27, 2022
कन्चनपुर (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ स्थित लिटिल बुद्ध एकेडेमी सेकेन्डरी स्कुलले नेपाली ओलम्पियनका सन्तानलाई नर्सरीदेखि प्लस टु सम्म अध्ययनका लागि छात्रबृति दिने घोषणा गरेको छ ।

नेपाल ओम्पियन्स संघको संयोजनमा मंगलबार स्कुल टु ओलम्पिक कार्यक्रम पछि लिटिल बुद्धका प्रिन्सिपल श्याम सिंह मौनीले देशभरका ओलम्पियनका सन्तानलाई नर्सरी देखि प्लस टु सम्म निशुल्क अध्ययन गराउने घोषणा गरेका हुन् । विद्यालयको कदमका ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्वागत गर्दै धन्यवाद दिएका थिए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजना र ओलम्पियन संघको संयोजनमा स्कुल टु ओलम्पिकको दुई दिने कार्यक्रम मंगलबार सम्पन्न भएको छ । दोस्रो दिन लिटिल बुद्धमा ओलम्पियनहरुले झण्डै ६ सय विधार्थीहरुकाबीचमा आ आफ्नो अनुभव साटेका थिए ।

ओलम्पियन कीर्तिमान धावक वैकुण्ठ मानन्धर, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, दीपक विष्ट, देवु थापा, प्रमिला रिजाल र खेलाडी संघका अध्यक्ष श्रेष्ठले आ आफ्नो खेल जीवनका चर्चा गर्दै मेहनत र अनुशासनले मात्र कुनै पनि क्षेत्रमा सफल बन्न सकिने बताए ।
विधार्थीहरुले ओलम्पियनहरुलाई उनीहरुको खेल जीवनका बारेमा प्रश्न गरेका थिए । ओलम्पियनहरुलाई स्वागत गर्दै लिटिल बुद्धका प्रिन्सिपल मौनीले भने, ‘तपाईहरुको उपस्थितिले खेलाडीको हौसला बढेको छ । विद्यालयका तर्फबाट हार्दिक धन्यावाद दिन चाहन्छौं ।’

स्कुल टु ओलम्पिकको पहिलो दिन सोमबार धनगढीमा विभिन्न विद्यालयका झण्डै ४ सय विद्यार्थीको सहभागिता रहेको थियो । ओलम्पियन्स संघका अध्यक्ष विष्टले स्कुल टु ओलम्पिक कार्यक्रम सम्बन्धित प्रदेश खेलकुद, प्याब्सनलगायतका संघ संस्थासँगको सहकार्यमा सबै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको बताएका छन् ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]