default_image

8 months ago

February 6, 2023

धाविका पुष्पालाई गृह जिल्लामा सम्मान

सल्यान (हाम्रो खेलकुद)– बंगबन्धु शेष मुजिम ढाका म्याराथनकी स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई गृह जिल्ला सल्यानमा स्वागत तथा सम्मान गरिएको छ । माघ ६ गते बंगलादेशको ढाकामा म्याराथनमामा स्वर्ण पदक जितेर गृह जिल्ला आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले एक समारोहकाबीच स्वागत तथा सम्मान गरेको हो । सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान […]

22 views

0 Bookmark

सल्यान (हाम्रो खेलकुद)– बंगबन्धु शेष मुजिम ढाका म्याराथनकी स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई गृह जिल्ला सल्यानमा स्वागत तथा सम्मान गरिएको छ । माघ ६ गते बंगलादेशको ढाकामा म्याराथनमामा स्वर्ण पदक जितेर गृह जिल्ला आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले एक समारोहकाबीच स्वागत तथा सम्मान गरेको हो ।

सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान जिल्ला र नेपालको नाम विश्वसामु चिनाएकाले उनलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यले बताए । सम्मान समारोहमा बोल्दै पुष्पाले देशका लागि खेलेर नेपालको नाम विश्वसामु चिनाउन पाएकाले सल्यानी हुनुमा गर्व गर्ने बताइन । पुष्पा एपीएफ क्लबमा आवद्व छिन् ।

पुष्पाले ढाका म्याराथन ( ४२.१९५ किलोमिटर) २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय किर्तीमान तोड्दै नयाँ किर्तीमान राखेकी थिइन् । तीन वर्ष अघि स्वदेशम भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय किर्तीमान पुष्पाले तोडिसकेकी थिइन् । सागमा उनले रजत पदक जितेकी थिएन् ।

September 21, 2023

पुष्पा र राजनलाई लि निङको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक […]

September 21, 2023

बर्लिन म्याराथनमा नेपाली धावकले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध बर्लिन म्याराथनमा नेपालबाट २ धावकले भाग लिने भएका छन् । जर्मनीको बर्लिनमा आइतबार हुने म्याराथनमा ४७ हजार ९ सय १२ धावकमध्ये २ जनाले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालबाट सहदेव व्यञ्जनकार र दिनेश व्यञ्जनकारले विश्वको सबैभन्दा तीव्र गतिको मानिएको म्याराथन कोर्समा भाग लिंदैछन् । सहदेवले यसअघि सन् २०१७ मा अमेरिकाको […]

September 20, 2023

काठमाडौंको वडा नं १४ फुटसल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रयागराज सिंह सुवाल स्मृति वडा फुटबल प्रतियोगिताको उपाधि काठमाडौं वडा नं १४ ले जितेको छ । वडा नं १३ लाई बुधबार भएको फाइनलमा ३–२ ले हराउँदै वडा नं १४ च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा नं १४ का मनिष रानाभाटले २ र […]

Success

Thank you for your time.