3 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नौं बुँदे घोषणा पत्र जारी गर्दै स्पोर्टस् लिडर्स समिट शनिबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको दुई दिने स्पोर्टस लिडर्स समिटमा खेलकुदसँग सम्बन्धित सय भन्दा बढीको सहभागिता रहेको थियो ।

दोस्रो दिन शनिबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गठनयताको खेलकुदको विकास क्रमसहित अहिलेको अवस्थाका खेलको प्राथमिकता निर्धारण गरिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले त्यसमा आ आफ्नो धारणा राखेका थिए । त्यस्तै देशको खेल भौतिक पूर्वाधारको अवस्था, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताका बारेमा अलग अलग सेसनमा चर्चा भएको थियो ।
पहिलो दिन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ कार्यान्वयनपछिको खेलकुदको अवस्थाका बारेमा समिक्षा भएको थियो । वरिष्ठ अधिवक्ता लोकभक्त रानाले सहजिकरण गरेको त्यो सेसनमा सहभागिहरुले ऐन कार्यान्वयनपछि खेलकुदमा उत्पन्न भएका कठिनाईका बारेमा आ आफ्नो अनुभव साटेका थिए । प्रदेश खेलकुद विकास परिषद्ले आ आफ्ना् प्रदेशमा परेको अप्ठेरोको बारेमा चर्चा गरेका थिए । एनओसीले कमिटीले यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरेको जनाएको छ ।
स्पोर्ट लिडर्स समिट धुलिखेल २०२३ घोषणा
१. स्पोर्ट लिडर्स समिट धुलिखेल २०२३ को सम्मानीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल प्रचण्डज्युबाट समुदघाटन गरि खेलकुद जगतलाई उत्साहित बनाउनु भएकोमा सधन्यवाद ज्ञापन गर्दछ ।
२. खेलकुद विकास ऐनको व्यवस्था अनुसार खेलकुद संस्थाको स्वायत्तता (स्पोर्टस अटोनमी) को भावना अनुसार तीनै तहको सरकारको खेलकुद सम्बन्धी कानुन तथा नियमहरूलाई एकरूपता ल्याउन पहल गर्ने ।
३. ओलम्पिक अभियानलाई खेलकुदसँग सम्बन्धित सबै पक्षसँग समन्वय गरेर व्यापक बनाउने ।
४. खेलकुदको वर्गीकरण गरेर राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने । प्रदेश र स्थानीय तहले पनि राष्ट्रिय प्राथमिकतको आधारमा आ–आ आफ्नो प्राथमिकता निर्धारण गरेर खेलकुदको समग्र विकास गर्ने ।
५. नेपाली खेलकुदमा लैगिक समानताका लागि पहल गर्ने तथा यौन उत्पीडन, खेलकुदमा हिंसा र सट्टेबाजी निरुत्साहित गर्ने नीति अपनाउने ।
६. खेलको प्राथमिकता अनुसार आधारभूत तहदेखि राष्ट्रियस्तरसम्मको खेलाडी, प्रशिक्षक र व्यवस्थापकको तालिम तथा स्तर उन्नतीको लागि माग गर्ने ।
७. संघीय, प्रदेश र स्थानीय स्तरका विभिन्न खेलका प्रकृति अनुसारका पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारलाई माग गर्ने ।
८. खेलकुदको स्तर उन्नतिका लागि प्रदेश तथा केन्द्रमा खेलकुद प्रशिक्षण प्रतिष्ठान (स्पोर्टस एकेडेमी) स्थापना का साथै केन्द्रिय स्तरमा ओलम्पिक एकेडिमी स्थापनाका लागि सरकारलाई माग गर्ने ।
९. नेपाली खेलकुदलाई प्रतिबन्धित औषधी (डोपिङ) बाट मुक्त गर्न पहल गर्ने ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]