3 years ago
May 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अधिकांश तयारी पूरा भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ । नेपालसहित ८ राष्ट्रको सहभागितामा च्यालेन्ज कप जेठ ८ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकु परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ ।

जेठ १४ गते सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान छन् । नेपाल दुई पटकको सेन्ट्रल जोन च्याम्पियन हो भने भारत दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता हो । तीन वर्षअघि सोही कभर्ड हलको फाइनलमा नेपाललाई ३–२ को सेटमा हराउँदै भारतले स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाल र भारतबीच पहिलो पटक यसै प्रतियोगितामा भेट हुँदैछ ।
२ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राखेपले विशेष सहयोग गरेका भलिबल संघले यसअघि नै जानकारी दिइसकेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंक, केल्मी नेपाल, अभिवादन ट्राभल्स एण्ड टुर्स, प्रवर्धन पार्टनरको रुपमा नेपाल पर्यटन बोर्ड, हस्पिटालिटी पार्टनरको रुपमा हायात प्यालेस, कम्युनिकेसन पार्टनरमा नेपाल टेलिकम, मिडिया पार्टनरमा हाम्रो खेलकुद, मेडिकल सपोर्टरमा फ्रन्टलाईन हस्पिटल, मार्केटिङ्ग एण्ड इभेन्ट पार्टनर १०० स्पोर्टस् छन् ।
त्यस्तै विद्यालय भलिबल कमिसन, होटल क्राउन प्लाजा नक्साल, डोरपाटन स्पोर्टस् क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल एयरलाईन्स, नेपाल भलिबल संघ कोरिया, अष्ट्रेलिया, जापान, अमेरिका लगायत देशबाट सहयोग रहेको संघका उपाध्यक्ष एवंम प्रतियोगिताको प्रचार प्रसार संयोजक भीम ओलीले जानकारी दिए ।
जेठ ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा अन्तर्राष्ट्रिय भलिबल संघ (फिब) का प्रतिनिधि तथा सेन्ट्रेल एसिया भलिबल एसोसिएसन (काभा) का अध्यक्ष मोहम्मद लातिफ पनि आउने बताइएको छ ।
प्रतियोगितालाई सफलतापूर्व सन्चालनका लागि विभिन्न समितिको पनि गठन गरिएको बताइएको छ । हाम्रो खेलकुद डटकमको युट्यूब च्यानल र फेसबुक पेज तथा कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेफिल्क्सबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ ।
सोही अवसरमा च्यालेन्ज कपका लागि संघका निर्वतमान अध्यक्ष मनोरन्जनरमण शर्माले १ लाख र विद्यालय भलिबल कमिसनले ७५ हजार रुपैयाँ संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । महिला टोलीका प्रशिक्षक जगदिश भट्टले उपाधि जित्ने लक्ष्यका साथ तयारीमा जुटेको बताएका छन् ।

December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]