default_image

3 years ago

May 24, 2023

प्रतिभा बारे सोध्दा भावुक भइन् अरुणा

400 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

हरेक मान्छेमा भावना हुन्छ नै । साना साना चिजले पनि मान्छेलाई खुसी बनाउन सक्छ । सानै विषयले पनि मान्छेलाई दुःखी बनाउन सक्छ । कुन परिस्थितिलाई कसरी ग्रहण गर्ने भन्ने आ आफ्नो स्वभावमा भर पर्छ । सबै खाले भावना सार्वजनिक ठाँउमा प्रकट हुन्न ।

सेन्ट्रल जोन उपाधिका साथ अरुणा शाही र प्रतिभा माली । फाइल तस्बिर

काभा महिला भलिबल च्यालेन्ज कपमा बुधबार भारतसँग ३–१ (२५–१२,२६–२४,२१–२५,२५–२१) ले पराजित भएपछि पोष्ट म्याच कन्फ्रेन्सको एउटा प्रश्नले भने कप्तान अरुणा शाहीलाई भावुक बनायो । दशक भन्दा लामो अन्तर्राष्ट्रिय खेल जीवनमा सायद उनले त्यस्तो परिस्थिति र प्रश्नको सामना गर्नुपरेन पनि होला । किन त्यसरी भावुक भईन त्यसको जवाफ त अरुण बाहेक अरुसँग हुने भएन । अरुले त अनुमानसम्म गर्न सक्छन् ।

पोष्ट म्याच कन्फ्रेन्समा उनलाई पत्रकारको अन्तिम प्रश्न थियो । प्रतिभा माली कत्तिको मिस भयो ? त्यसपछि उनी निशब्द भइन् । बोल्न कोशिस गर्दा पनि आवाज निस्केन । उनका आखाँ रसाए । उनलाई जवाफ दिन कठिन भएको प्रष्ट देखिन्थ्यो । उनको अनुहारको भाव बुझेर होला सँगै रहेका नेपाली टोलीका बेल्जियन प्रशिक्षक जान डे ब्रान्टले पनि सहज मानेनन् । त्यसपछि अरुणा आसु पुछ्दै पत्रकार सम्मेलनबाट बाहिरिन् ।

अरुणा भन्दा पछि निस्कन खोजेका प्रशिक्षक डे ब्रान्ट केहि बेर अडिए र पत्रकारलाई त्यस्तो प्रश्न नगर्न भने । ‘अहिले टोलीमा भएका खेलाडीको बारेमा मात्र सोध्नु होला । यस्ता प्रश्नले टोलीमा रहेका खेलाडीको मनोबल कमजोर हुन सक्छ । अहिले प्रतिभा टोलीमा छैनन् ,’ त्यति भनेर उनी त्यहाँबाट बाहिरिए ।

प्रशिक्षणकै दौरान चोट लागेपछि प्रतिभा अहिले टोलीमा छैनन् । बायाँ घुँडामा पुनः चोट बल्झिएपछि शल्यक्रिया नै गराउनु परेको थियो । अहिले उनी फिजियो र फिटनेसमार्फत पूनरागमनका लागि प्रयासरत छिन् । कम्तीमा एक डेढ महिना उनलाई जम्प गर्ने र दौडने अनुमती छैन । प्रतिभा टोलीमा हुन्थिन् भने उनको खेलको चर्चा हुन सक्थ्यो । यद्दपी खेलकुदमा यदि र तरको धेरै अर्थ हुन्न ।

अहिले उनी टोलीमा छैनन् र पनि समर्थकले उनकै बढी खोजी गरेको सामाजिक सन्जालबाट प्रष्ट बुझ्न सकिन्छ । समूहगत खेल एउटै व्यक्तिमा टोली निर्भर हुँदैन। एउटै खेलाडीका कारण जित्ने वा हार्ने पनि हुँदैन । सबैको उत्तिकै महत्वहुन्छ । तथापी पछिल्ला ४ वर्षमा नेपाली टोलीले प्राप्त गरेका हरेक सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी प्रतिभाको अभाव महसुस भयो भने पनि त्यसमा अन्यथा नहुनु पर्ने हो ।

सन् २०१९ मा स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारतविरुद्धको फाइनलमा नेपाल ३–२ ले पराजित भएको थियो। त्यति बेला पनि प्रतिभा टोलीको सदस्य थिइन् र उनको प्रदर्शनको चर्चा भएको थियो। त्यसको केहि साता अघि नेपाल सेन्ट्रल जोनको च्याम्पियन बन्दा होस् वा गत वर्ष उपाधि रक्षा गर्दा होस् प्रतिभा टोलीको साथमा थिइन्।

पछिल्लो आठ वर्षमा प्रतिभा टोली बाहिर रहनु परेको यो पहिलो प्रतियोगिता हो । दुई पटकको सेन्ट्रल जोन च्याम्पियन र सागको इतिहासमै पहिलो पटक साग जित्दा अरुणाले नै टोलीको कप्तानी गरेकी थिइन् । त्यसैले उनले प्रतिभाको क्षमतालाई राम्ररी बुझेकी छिन् । केहि वर्ष अरुणा र प्रतिभाले घरेलु प्रतियोगितामा न्यू डायमण्ड स्पोर्टस क्लबबाट खेले ।

प्रदर्शनकै कारण प्रतिभाले राष्ट्रिय टोलीमा आफ्नो बलियो पकड बनाएकोमा दुईमत छैन । राष्ट्रिय टोलीमा कसैको पनि स्थान स्थायी हुँदैन । समयसँगै आउने जाने क्रम चलिरहन्छ । यपद्दी खेलाडीले निर्वाह गर्ने भूमिकाका आधारमा स्मरण पक्कै गरिन्छ । प्रतिभाले व्यक्तिगत रुपमा पनि आफू विना पनि टोली उच्च प्रदर्शन गर्न सक्षम रहेको बताउँदै आएकी छिन् । उनी नेपाली टोलीको हरेक खेलमा दर्शक दिर्घाबाट हेर्दै आएकी छिन् । खेल पछि टोलीका साथीहरुलाई भेट्न पुग्छिन्।

अरुणाले पनि प्रतियोगिता अघि प्रतिभाको अभाव रहने भएपनि टोलीमा अन्य खेलाडीले उच्च प्रदर्शन गर्नेमा आशावादी देखिएकी थिइन्। पहिलो सेटलाई बिर्सने हो भने नेपालले भारतलाई बिहीबार कडा टक्कर दिएको थियो। भारतीय कप्तान निर्मलले पनि नेपालको खेलमा निकै सुधार र गतिमा तीब्र भएको बताइन् । दुई महिनाको तयारी र विना कुनै अभ्यास खेल नेपालले गरेको प्रदर्शनलाई कमजोर मान्न मिल्दैन ।

टोलीमा नरहेका खेलाडीका बारेमा सोधिएको प्रश्नमा गुनासो गरेका प्रशिक्षक डे ब्रान्टले बिहीबार भारतविरुद्धको पहिलो सेटमा सरस्वती चौधरीलाई आफ्नो निर्देशन नबुझेका कारण कोर्ट भित्रै छिरेर रिसाउँदै धक्का दिदा अरुले के सोचे होला भन्ने उनलाई हेक्का रह्यो कि रहेन होला ?

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.