default_image

9 months ago

June 14, 2023

पुलिस र आर्मी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […]

98 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित निकालेको हो ।

यसअघि मंगलबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै राखेको थियो । आर्मी पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यस्तै, समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । समूह ए मै रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो ।

पहिलो सेमिफाइनल खेलमा आर्मीले एपिएफको सामना गर्नेछ भने दोस्रो खेल बागमती प्रदेशविरुद्ध पुलिसले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको छ ।

February 27, 2024

टेबलटेनिसकी नविता टोयोटा मोटरको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]

February 27, 2024

लन टेनिसको पहिलो दिन निहालको जित

सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]

February 27, 2024

गणेशमान सिंह राष्ट्रिय बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल बक्सिङ संघको‌ सहकार्य र प्राविधिक सहयोगमा ५ दिन […]

Success

Thank you for your time.