2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

घरेलु टोली किर्गिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै नेपालले नेसन्स लिगमा लगातार दोस्रो हार बेहोरेको हो । नेपाल यसअघि पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा नै पराजित भएको थियो ।
विस्केकमा रहेको चोलपोन एटिए कभर्डहलमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपालले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २४–२६ ले सेट गुमाउन पुग्यो । नेपाल १६–१४ ले अघि रहेपनि त्यसलाई जोगाउन सकेन ।
पहिलो सेट गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले जित्दै खेलमा फर्कियो । दोस्रो सेटमा नेपालले सुरुदेखि नै अग्रता लिदै त्यसलाई जोगाएर जित निकाल्न सफल भयो ।
त्यसपछिको बाँकी दुई सेटमा भने नेपाल बलियो किर्गिस्तानसँग निरिह नै बन्यो । सुरुवातदेखि नै पछि परेको नेपालले तेस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । चौथो सेटमा पनि नेपालले आफ्नो लयलाई समात्न नसक्दा १६–२५ ले नतिजा सुम्पन पुग्यो ।
लगातार दोस्रो हारसँगै नेपाल अंक विहीन छ । लगातार दोस्रो जित निकालेको किर्गिस्तानको २ खेलबाट ६ अंक पुगेको छ ।नेपालले मंगलबार इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।
November 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]
November 8, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]