2 years ago
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा यसै महिना सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा हुने प्रतियोगिता असार २३ देखि ३० गतेसम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका ६ महिला र ८ पुरुष टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ । दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष गौतम लासिवाले जानकारी दिए ।
७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राखेपले ४० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
लिगको पुरुषतर्फको विजेताले यहि डिसेम्बरमा नेपालमा प्रस्ताव गरिएको काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना रहेको संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । आयोजकका नाताले दुई टोलीको सहभागिता जाउने अवसर मिलेको खण्डमा उपविजेता टोलीलाई पनि सहभागी गराउने सम्भावना रहेको पनि उनले बताए ।
लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस् क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब, बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]