default_image

2 years ago

July 3, 2023

मन्च अब प्रदेशमा पनि विस्तार गर्न बाटो खुल्यो

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) अब प्रदेश संरचनामा पनि जाने भएको छ । यसअघि जिल्ला समन्वय शाखाको मान्यता दिदै आएको एनएसजेएफको सोमबार धुलिखेलमा सम्पन्न १८ औं साधारण सभाले अब संघिय ढाँचालाई आत्मसात गर्दै प्रदेशमा पनि जाने सैद्धान्तिक निर्णय गरेको छ ।

तर, प्रदेश सम्वन्वय समिति गठनका लागि एउटा प्रदेशमा कम्तीमा ४ जिल्लामा समन्वय जिल्ला शाखा हुनुपर्नेछ । ४ जिल्ला संघको प्रतिनिधिबाट प्रदेश समन्वय समिति गठन गर्न सकिने भएको छ । संघिय ढाँचामा जानका लागि पूर्व अध्यक्ष निरन्जन राजवंशीको संयोजकत्वमा पूर्व अध्यक्ष अजय फुयाल, महेश आचार्य, उज्ज्वल आचार्य र प्रकाश तिमल्सिनासम्मिलित ५ सदस्यीय विधान संसोधन मस्यौदा समिति सभाले गठन गरेको छ ।

साधारण सभासँगै एनएसजेएफले खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण सन्चालन गरेको थियो । पहिलो दिन आइतबार मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्वल आचार्यले प्रशिक्षण दिए । प्रशिक्षणमा ६४ जना खेल पत्रकारको सहभागिता रहेको मन्चले जनाएको छ । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो ।

साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्की र पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुली लगायतले साधारण सभाको सफलताका लागि शुभकामना दिएका थिए । साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठले तयार पारेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

साधारण सभा अघिको सत्रमा राखेपका सदस्यसचिव घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको विवरण प्रस्तुत गरेका थिए । उनले राखेपसँग सम्बन्धित विषयमा खेल पत्रकार संग अन्तरक्रिया गरेका थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.