2 years ago
July 20, 2023
हिमाल खरेल, बिर्तामोड
प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको संयोजन गरेको जिल्ला भलिबल संघ सुनसरी, राष्ट्रिय रेफ्री, प्रशिक्षक, प्रदेश रफ्री र खेलाडीहरुलाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेपछि बोर्डले आज संघलाई त्यस विषयमा स्पष्टीकरण सोधेको हो ।
बोर्डले संघलाई स्पष्ट पार्न भन्दै लेखेको छ, ‘कोशी प्रदेश भलिबल संघले कुन निकायबाट अधिकार पाएर उनीहरुलाई स्पष्टीकरण सोध्यो ?’ त्यस्तै, बोर्डले संघलाई सोधेको छ, ‘प्रदेश सरकार खेलकुद विकास बोर्डले आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रयोग गरिएका रेफ्री, कोच र खेलाडीहरुलाई कारबाही गर्ने अधिकार त्यस संघलाई कसले दिएको हो ? प्रदेश भलिबल संघले उल्लेख गरेका रेफ्रीहरुको रेफ्री कमिसन नामको संस्थाको आधिकारिकता तथा दर्ता प्रक्रिया कुन निकायले कहिले गरेको हो ?’
यसैबीच, प्रतियोगितामा प्रदेशबाट सहभागी भएका राष्ट्रिय रेफ्रीहरु, भलिबल कोच, तथा कोशी प्रदेशका राष्ट्रिय महिला भलिबल खेलाडीहरुको नामै किटान गरी संघले मनोबल गिराउने र अपमान गर्नेगरी खेलकुदमा प्रतिबन्ध लगाएकोमा बोर्डले आपत्ति जनाएको छ ।
प्रदेश सरकारले गरेको प्रतियोगितामा सहभागीहरुलाई प्रतिबन्ध लगाउने कानुनी छुट संघलाई नभएको हुँदा तीन दिनभित्र बैठक बसी सो प्रतियोगितामा संलग्न सहभागी कोशी प्रदेशका उल्लेखित व्यक्तिहरुलाई सम्बोधन गरी संघको तर्फबाट क्षमायाचना सहितको पत्र बोर्डमा पेश गर्न सदस्य सचिव वाग्लेले निर्देशन दिएका छन् ।
त्यस्तै, दमकमा रहेको कोशी प्रदेश भलिबल तालिम केन्द्रमा प्रशिक्षण गराउँदा अब उप्रान्त नेपाल भलिबल संघको सहमति र प्रदेश खेलकुद विकास बोर्डको निर्देशनमा मात्र प्रशिक्षण गराउन निर्देशन गरिएको छ । दमकमा खेलाडी प्रशिक्षण गराउन बोर्डसँग अनुमति लिइए पनि प्रशिक्षणमा संलग्न प्रशिक्षकहरुको आधिकारिकता र खेलाडीहरुप्रति गरिने व्यवहारका बारेमा उजुरी परेको हुँदा सो विषयमा स्पष्ट पार्न पनि बोर्डले निर्देशन दिएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]