2 years ago
July 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरि हजुर थापाले १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका छन् । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् ।

हरि हजुरले फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पूर्ण पुरुष खेलाडीहरुलाइ हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना छ । जसमा म स्वयम छनोटमा भएता पनि मेरो स्वास्थ स्थितिले गर्दा ट्रेनिङमा सरिक हुन नसकेको जानकारी गराउँदछु ।’
शनिबार मात्रै नेपाल भलिबल संघले हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको थियो । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण देखाउँदै हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको संघले जनाएको थियो ।
शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको घटनामा हरि हजुर दर्शकतर्फ आक्रोशित भएको भूमिकाप्रति संघ सन्तुष्ट हुन नसकेकोले कारवाही गरेको थियो ।
संघले गत महिना मात्र हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । इम रानाले राष्ट्रिय टोली प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेपछि हरि हजुर नयाँ कप्तान नियुक्त भएका थिए । हरि हजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।
पिएम कपकै सोमबारको सो घटनामा दर्शकलाई हातपात गरेका राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई संघले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्य समेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।
त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेतना गराउने संघले निर्णय गरेको थियो । संघले हरिलाई प्रतिबन्ध नलगाएपनि कप्तानको जिम्मेवारी हटाएको थियो । सोमबार मात्रै संघले त्रिभुवन आर्मी क्लबकै स्पाइकर मानबहादुर श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको थियो ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]