2 years ago
October 27, 2023
ललितपुर (हाम्रो खेलकुद) – ओखलढुंगा ७ सुष्मिता खड्का र भक्तपुर ५ का राजीव चिकवन्जार शुक्रबार तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा च्याम्पियन बनेका छन् । पुरुषमा राजीव तथा महिलामा सुस्मिता पहिलो भएका हुन् ।

खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुष्मिताले भुक्तपुर २ की मन्जु सुवाललाई ११–७, ११–७ र ११–१ को सोझो सेटमा पराजित गरिन् । कीर्तिपुर ६ की योङगी पौडेल र भक्तपुर ६ की यशस्वी अवालले संयुक्त रुपमा तेस्रो भए ।
स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहा २ का कृष्ण थापा मगरलाई ११–८, ११–७, १०–१२, ७–११ र ११–९ को सेटमा पराजित गरे । वेल्कोटगढी ८ का गणन्जय दाहाल तथा सिन्धुपाल्चोक ६ का सुजन गडाल संयुक्त रुपमा तेश्रो भए ।
महिला र पुरुष दुवैतर्फका सिंगल्सका विजेताले समाान ३० हजार, दोस्रोले १५ हजार र तेस्रोेले समान ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जन र गल्र्समा कीर्तिपुर ६ की योङगी पौडेल विजयी भए ।
टिम इभेन्टको पुरुषमा ललिपतुर ६ र महिलामा भक्तपुर २ ले स्वर्ण पदक जित्यो । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा च्याम्पियन बने । महिला ४० वर्षमाथिमाा काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हासिल गरिन् ।
टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यलगायतले पुरस्कृत गरे ।
४ दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जानकारी दिए । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भएको प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]