2 years ago
January 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ अर्को महिना आयोजना गर्ने भएको छ।
मञ्चले आइतबार काठमाडौं स्थित रोयल सिङ्गी होटलमा पत्रकार सम्मेलन गर्दै माघ १२ गते अवार्ड आयोजना गर्ने घोषणा गरेको हो ।

सोही अवसरमा अवार्डको मुख्य प्रायोजन हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम गरिएको हो ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले १५औं वर्षदेखि लगातार अवार्डलाई मुख्य प्रायोजन गर्दै आएको छ।
कार्यकारी निर्देशक गोल्छाले खेलकुद विकासका लागि निजी क्षेत्रको महत्व आत्मसाथ गर्दै पल्सरले यस वर्ष पनि प्रायोजनलाई निरन्तरता दिएको बताए । उनले भने, ‘हामी गर्व महसुस गर्छौं, हामी अब एक परिवार हौं । यस प्रायोजन हाम्रो नैतिक दायित्व हो। यो अवार्ड पल्सर ब्रान्डको पर्यायवाची नै भइसकेको छ ।’
अवार्ड कार्यक्रम स्थल भने तय हुन बाँकी रहेको बताइएको छ । मञ्चका महासचिव प्रज्वल ओलीले २० औं संस्करणमा आएर पल्सर स्पोर्टस अवार्डको स्वरुपलाई केही परिमार्जन गरिएको बताए ।
विगतमा जस्तै यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।
विधागत अवार्ड वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन अर्को कार्यक्रममा सार्वजनिक गरिने र त्यसका लागि मञ्चको खेलाडी छनोट समितिले काम गरिरहेको बताइएको छ। वर्ष २०७९ प्राप्त गरेको सफलताका आधारमा पुरुष, महिला, युवा, प्रशिक्षक विधाको मनोनयन गरिनेछ।
लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई समान ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् । मञ्चका अध्यक्षसुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको बताइएको छ।
गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् ।
स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको थियो । उनीहरू ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन् । दानबहादुर आफैमा पनि ब्याडमिन्टनका भेट्रान खेलाडी हुन् ।
पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]