default_image

2 years ago

January 19, 2024

पुलिसलाई हराउँदै आर्मी टाइगर कपमा तेस्रो

1194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ ।

पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा बिहीबार भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको हो ।

दुबैतर्फको फाइनल भने शनिबार हुनेछ । महिलातर्फको फाइनलमा साविक विजेता एपिएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले दुई पटक उपाधि जितिसकको छ भने न्यु डायमण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

पुरुषतर्फका दुबै सेमिफाइनल आज हुनेछन् । पहिलो सेमिफाइनल हेल्प नेपाल स्पोर्टस क्लब र श्रीलंका आर्मी टिम तथा दास्रो सेमिफाइनल एपिएफ र साविक विजेता घरेलु टोली गण्डकी प्रदेशबीच हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.