2 years ago
February 28, 2024
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ ।
मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।
‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’ अध्यक्ष बरालले भने ।
मन्त्री सिंखडालाई भेट गर्न मञ्चका अध्यक्ष बराल सहित महासचिव राजाराम पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रोहीतराज पराजुली र कृष्ण दवाडी, मञ्चका शुभचिन्तक नविन सिग्देलको टोली मन्त्रालयमा पुगेको थियो ।
यसअगाडि मञ्चको टोलीले पोखरा महमनगरपालिकाका प्रमुख धनराज आचार्यसँग समेत भेट गरेको थियो । प्रमुख आचार्यले पनि विगतमा गरिदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाइसकेका छन् ।

उनले पोखरा स्पोर्ट्स अवार्ड गण्डकी प्रदेशको खेल क्षेत्रको लागि महत्वपूर्ण इभेन्ट भएको र प्राविधिक कारणबस रातो किताबमा समावेश हुन नसकेको भएपनि सहयोग निरन्तर रहने आगामी आर्थिक वर्षमा रातो किताब समावेश गर्ने समेत बताएका थिए ।
प्रमुख आचार्यसँगको भेटमा मञ्चका अध्यक्ष बराल, महासचिव पौडेल, सचिव शशी कुमार पौडेल, सदस्य पराजुली सहित पुर्व सल्लाहकार सन्देश श्रेष्ठ, सदस्य दीपक गोदार र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी सहभागी थिए ।
स्पोर्टस अवार्डमा प्रदेश सरकारको विशेष सहयोग गर्दै आएको छ भने पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ । मञ्चले २०८१ वैशाख २१ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]