default_image

2 years ago

March 2, 2024

मुख्यमन्त्री कपमा एपिएफका विजय सर्वोत्कृष्ट

2386 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका विजय थापा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

संखुवासभाको खादबारीमा सम्पन्न शनिबार सम्पन्न फाइनमा उत्कृष्ट पुनरामगनका साथ एपिएफलाई मुख्यमन्त्री कप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विजय सर्वोत्कृष्ट चुनिएका हन् । प्रतियोगितामा एपिएफका ४ र गण्डकीका ३ खेलाडी उत्कृष्ट घोषित भए ।

एपिएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, विनोद चन्द उत्कृष्ट डिफिन्डर र पुष्पजंग मल्ल उत्कृष्ट चुनिए । गण्डकीका विश्वास अधिकारी उत्कृष्ट सर्भर, रविन केसी उत्कृष्ट स्पाइकर र सरोज बर्देवा उत्कृष्ट ब्लकर चुनिए । विजयले २५ र अन्य उत्कृष्टले ५ हजार रुपैयाँ प्राप्त गरे ।

फाइनलमा गण्डकी पराजित

गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको थियो । पहिलो सेट गुमाएको एपिएफले १४–२५,२५–२३,२५–२१,२५–२१ को जित निकालेको हो । एपिएफलाई कडा चुनाती प्रस्तुत गर्नका वावजुद गण्डकी पराजित भएको हो ।

एपिएफले त्रिभुवन आर्मी क्लब र गण्डकीले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए । त्यसअघि एकै समूहमा रहँदा पनि एपिएफले गण्डकीलाई ३० को सोझो सेटमा हराएको थियो ।

पुलिस तेस्रो

प्रतियोगितामा पुलिस तेस्रो भएको छ । शनिबार नै आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो बन्न सफल भएको हो ।
एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो ।

पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन । एकै समूहमा रहेका यि दुई टोलीबीचको प्रतिस्पर्धामा पनि पुलिसले आर्मीलाई हराएको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गरे । ५ दिन सम्म सन्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिा थियो ।

मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता

सर्वोत्कृष्ट खेलाडी – विजय थापा (एपिएफ)

उत्कृष्ट
स्पाइकर – रवि केसी (गण्डकी)
सेटर – लोकेन्द्र गिरी (एपिएफ)
सर्भर – विश्वास अधिकारी (गण्डकी)
ब्लकर – सरोज बर्देवा (गण्डकी)
डिफेन्डर – विनोद चन्द (एपिएफ)
प्रशिक्षक – पुष्पजंग मल्ल (एपिएफ)

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.