2 years ago
March 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता पहिलो पटक आयोजना हुने भएको छ ।
बौद्ध स्थित क्रिम्पान्जी एड्भेन्चर हबमा चैत १ गते प्रतियोगिताको आयोजना हुने हबमा बिहीबार पत्रकार सम्मेलनमार्फत पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले जानकारी दिए ।
पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गर्ने कार्यक्रमको बारेमा अध्यक्ष शेर्पाले भने, यसको माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौ।’
अल्पाइन स्पोर्ट संघ–नर्थ अमेरिका–नेपाल गठन भएको समेत कार्यक्रम मार्फत् जानकारी दिनुका साथै साहसिक पर्वतीय खेलकुदहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकुद संघ गठन गरिएको पर्वतीय खेलकुद संघका अध्यक्ष शेर्पाले बताए । यस्ता प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन् । ‘कीर्तिमानी आरोहीलाई विर्सनेक्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले उनको सम्झनामा गर्न लागिएको हो’ संघकी अध्यक्ष शेर्पाले बताइन् । उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने बताइन् ।
‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन्।
यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गर्ने भएको छ । उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुनेछ । प्रतियोगिताको विजेताले ५० , दोस्रोले ३० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ । १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् ।
वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कारम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा उनको मृत्यु भएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]