default_image

2 years ago

March 16, 2024

कोशीसँग ढोरपाटनको हार

1664 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रदेशले जितबाट आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार कोशीले ढोरपाटन क्लबलाई‌ ३-१ ले हराएको छ।
समूह ए को‌ खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५,२५-२०,२५-१८,२५-१९ ले विजयी भएको हो।

त्यसअघि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको‌ विजेता नेपाल पुलिस क्लबले च्याम्पियनसिपमा विजयी सुरुवात गरेको थियो । पुलिसले कर्णाली प्रदेशलाई‌ ३-० ले हराएको छ। पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो।

त्यसअघि  बिहान राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले महिलामा विजयी सुरुवात गरेको थियो ।

एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को‌ सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ ले विजयी भएको हो ।

एभरेष्टले अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको छ ।

सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उक्त प्रतियोगिताको उपाधि भारतले नै जितेको थियो । यी तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागी थिए ।

एभरेष्ट प्रतियोगिताको समूह ए मा छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
च्याम्पिनसिपमा शनिबार पुरुषतर्फ आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.