2 years ago
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलर खेलाडीको नाममा मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनका दौरान मन्त्री श्रेष्ठलाई खेलकुदका मानव तस्करलाई कारवाही प्रकियामा ल्याउने प्रकिया सुरु गरिसकिएको बताएका हुन् ।
उनले भने,’ २०/२२ लाख रुपैयाँ लिएर मानव तस्कर गर्ने गरेको जानकारी पाएका छौं । त्यसको सुचना संकलन गर्दै छौं। त्यस्तालाई कारवाहीको दायरामा ल्याइनेछ।’

खेलकुद मन्त्री श्रेष्ठले प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरुको आवासका लागि पुल्चोक स्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन प्रयास गर्ने बताएका छन् ।
मन्त्रीपरिषद र नेताहरुले ग्रिन सिंगल दिएमा अहिलेको मन्त्री क्वाटर आवासिय ट्रेनिङ सेन्टर हुने प्रबल सम्भावना छ, मन्त्री श्रेष्ठले भने।
उनले बेथितीहरु अन्त्य र खेललाई स्वच्छ गर्नुपर्नेमा जोड दिदै नेपाली झण्डा विदेशमा फहराउन पर्ने बताएका छन् ।
राखेपको प्रस्ताव
राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा पुसमा बसेको बैठकले नै उक्त प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण पश्चात खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको त्यतिबेला बताइएको थियो।
विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोवास खर्च वापत राज्यले ठूलो धनराशी खर्च गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न निर्णय गरेको सदस्य–सचिव घिसिङले बताएका थिए ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]