default_image

1 month ago

March 17, 2024

सुदूरपश्चिमले जावलाखेललाई‌ हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको‌ पुरुषतर्फ जितका‌ साथ यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको। पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो । […]

1406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको‌ पुरुषतर्फ जितका‌ साथ यात्रा सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको। पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको थियो । पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको थियो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ शिल्डको तयारीको‌ रुपमा लिएको छ।

त्यसअघि दिनको पहिलो खेल एपिएफ क्लबले जितेको थियो। एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको थियो । च्याम्पियनसिपमा आज पुरुषतर्फ ३ खेल बाँकी छन् ।

महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

April 29, 2024

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद

हिमाल खरेल,बिर्तामेड कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड […]

April 28, 2024

महिला हक्की – सेमिफाइनलमा आर्मी र मधेश भिड्ने

धुलिखेल (हाम्रो खेलकुद) – छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै समूह बी को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबार […]

April 28, 2024

राजन र मिलन अगाडि

ललितपुर (हाम्रो खेलकुद) – झापाका राजन सुवेदी र काठमाडौंका मिलन लामा ५ अंक सहित नवौं गणेशमान सिंह स्मृति रेटिङ क्लासिक बुद्धिचालमा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् । आयोजक क्लबबाट खेलेका राजन ५ खेलमा ५ जितसहित नकआउट तर्फ अग्रसर भएका छन् । उनले ललितपुरका सोम आले माथि पिस अप हुँदै जित निकालेका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ […]

Success

Thank you for your time.