default_image

2 years ago

March 18, 2024

भलिबल च्याम्पियनसिप – एभरेष्टसँग आर्मीको हार

1331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । तीन भारतीय सम्मलित एभरेष्टले च्याम्पियनसिपको तेस्रो दिन मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले कोशी प्रदेशलाई हराएको थियो । समूहमा अर्को टोली नेपाल पुलिस क्लब रहेको छ । एभरेष्टले आफू्ना अन्तिम खेलमा पुलिसको सामना गर्नेछ ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो खेल जितेको एपिएफले आज न्यु डाइमन्डसँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ आजमा पनि ४ खेल हुनेछन् । टिप टप हेल्प नेपाल क्लब र ढोरपाटन क्लब, सुदूरपश्चिम प्रदेश र एपिएफ, गण्डकी र न्युटन तथा मणीमुकुन्द र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.