2 years ago
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समूह चरणको खेलमा आर्मीले न्युटन क्लबलाई ३-० ले हराएको छ। आर्मी २५-१५, २५-१२, २५-२० ले विजयी भएको हो। आर्मीका दुर्गा महतो प्लेयर अफ दि म्याच बने । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-० ले हराएको थियो।
त्यसअघि गण्डकीले पहिलो जित दर्ता गरेको छ ।
गण्डकीले मणि मुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
गण्डकीले पहिलो र दोस्रो सेट सहजै २५–१८ र २५–१४ ले सहजै आफ्नो पक्षमा पारेपनि तेस्रो सेट भने २७–२९ ले गुमाउन पुगेको थियो ।
प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा गण्डकी सुरुवातबाटै पछि परेको थियो । खेलमा फर्कने प्रयास गरेपनि सफल हुन नसक्दा खेल चौथो सेटमा लम्बियो । चौथो सेटमा भने गण्डकीले २५–१९ को सहज जित निकाल्न सफल भयो । गण्डकीका रवि केसी प्लेयर अफ दि म्याच घाेषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै समूह ‘डी’ बाट गण्डकीले क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब गण्डकीलाई क्वाटरफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा न्युटन भलिबल क्लबलाई पराजित गर्नुपर्ने हुन्छ । मणि मुकुन्दले पनि समूह क्वाटरफाइनलको सम्भावना जीवित राख्न अन्तिम खेलमा आर्मीलाई पराजित गर्नुपर्ने हुन्छ ।
आर्मीको ६ अंकसहित शीर्षस्थानमा छ । गण्डकीको ३ अंक छ । समान खेलबाटै मणि मुकुन्दको पनि ३ अंक छ । एक खेल खेलेको आर्मीको पनि ३ अंक रहँदा न्युटनले अंकको खाता खोल्न सकेको छैन ।
आज नै पुरुषतर्फ आर्मी र न्युटन भलिबल क्लब तथा एपिएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ । यसअघि पुरुषतर्फ पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–१४ र २५–२२ को सोझो सेटमा पराजित गर्दै समुह ‘सी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । हारका बावजुत बुढानिलकण्ठ पनि क्वाटरफाइनलमा पुगेको छ ।
आज नै महिलातर्फ तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–१७, २५–१७ र २५–२२ ले पराजित गरेको छ । यस्तै चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले नेपाल एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५ र २५–२३ ले पराजित गरेको छ ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।
समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]