2 years ago
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले जितबाट आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यात्रा सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सोमबार अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले २५–१८,२५–१७,२५–१४ को सहज जित निकालेको थियो ।
समूह बीमा एपिएफ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनलमा पुगेका छन् । दुवै खेल गुमाएको जावलाखेल युथ क्लब प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफ र सुदूरपश्चिमको खेल समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ ।
सोमबारका अन्य खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी, नेपाल पुुलिस क्लब तथा महिलामा एभरेष्ट क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम विजयी भएका छन् ।

आर्मीले न्युटन क्लबलाई २५–१५, २५–१२, २५–२० ले हराएको थियो । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो । त्यसअघि गण्डकीले पहिलो जित दर्ता गरेको छ । गण्डकीले मणि मुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
गण्डकीले पहिलो र दोस्रो सेट सहजै २५–१८ र २५–१४ ले सहजै आफ्नो पक्षमा पारेपनि तेस्रो सेट भने २७–२९ ले गुमाउन पुगेको थियो । जितसँगै समूह ‘डी’ बाट गण्डकीले क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब गण्डकीलाई समूह चरणको अन्तिम खेलमा न्युटनलाई पराजित गर्नुपर्ने हुन्छ ।
मणि मुकुन्दले पनि समूह क्वाटरफाइनलको सम्भावना जीवित राख्न अन्तिम खेलमा आर्मीलाई पराजित गर्नुपर्ने हुन्छ । आर्मीको ६ अंकसहित शीर्षस्थानमा छ । गण्डकी र मणि मुकुन्दको समान ३ अंक छ भने न्युटनले अंकको खाता खोल्न सकेको छैन ।
यसअघि पुरुषतर्फ पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–१४ र २५–२२ को सोझो सेटमा पराजित गर्दै समुह ‘सी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । हारका बावजुत बुढानिलकण्ठ पनि क्वाटरफाइनलमा पुगेको छ ।
आज नै महिलातर्फ तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले आर्मीलाई २४–२६, २५–१७, २५–१७ र २५–२२ ले पराजित गरेको थियो । छ । त्यस्तै न्यु डायमन्डले एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५ र २५–२३ ले हराएको थियो । प्रतियोगिताको चौथो दिन मंगलबार पनि महिलातर्फ २ तथा पुरुषतर्फ ४ गरि ६ टोलीको सहभागिता रहनेछ ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।
समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]