default_image

2 years ago

March 19, 2024

आर्मी र गण्डकी क्वार्टरफाइनलमा

4226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समूह डीमा आ आफ्नो खेल जित्दै आर्मी समूह विजेता र गण्डकी उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन् ।

समूह चरणकै अन्तिम खेलमा आर्मीले मणि मुकुन्द भलिबल क्लबलाई ३–० ले हरायो । आर्मीले २५–१९,२५–८,२५–१९ को सहज जित निकालेको थियो । त्यसअघि गण्डकीले न्युटन क्लबलाई २५–२२,२५–१४,२५–२२ ले हराएको थियो । समूहबाट न्युटन र मणिमुकुन्द प्रतियोगिता बाहिरिएको छ ।

त्यसअघि एपिएफ क्लबले तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशमाथि सानदार पूनरागमन जित दर्ता गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । पराजित सुदुर उपविजेता बनेको छ ।

सुरुवातमा अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा एपिएफ दबाबमा आएको थियो । २४–२४ को बराबरीबाट एपिएफले लगातार दुई अंक गुमाएको थियो । दोस्रो सेटमा भने एपिएफको प्रदर्शन भने फितलो बन्दा सेट १९–२५ ले गुमाउन पुग्यो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट एपिएफले २८–२६ ले जित्दै खेलमा फर्कने संकेत दिएको थियो । एक समय ४ अंकले पछि परेको एपिएफले ४ म्याच प्वइन्टमा खेल आफ्नो पक्षमा पारेको थियो ।

चौथो सेटमा भने एपिएफ २५–२२ ले विजयी भएपछि खेल पाँचौं सेटमा लम्बियो । रोमाञ्चक र प्रतिस्पर्धात्मब बनेको पाँचौ सेट एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्न सफल भएको थियो ।

१४–१३ को स्थितिमा सुदुरका भारतीय खेलाडी शाहिलको सर्भिस जालीमा लागेपछि खेल एपिएफको पोल्टामा पर्यो । एपिएफका विजय थापा केल्मी प्लेयर अफ दि म्याच चुनिए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर पाए ।

त्यो जितले एपिएफले दुई खेलबाट ५ अंक बटुल्दा सुदुरले ४ अंक जोड्यो । जावलाखेल अंकविहीन बन्यो । अब एपिएफले समूह ‘डी’ को उपविजेता गण्डकी तथा सुदुरले ‘डी’ को विजेता आर्मीसँग क्वार्टरफाइनल खेल्नेछ ।

पुरुषतर्फ साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको समूह ‘ए’ को विजेता बनेको छ । हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । यो समूहको उपविजेता कोशीले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

आज बिहान महिलातर्फ दुई विभागीय टोली आर्मी र पुलिस ले जित निकालेका थिए । आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले तीन भारतीय र नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि पुलिस लाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे सेमिफाइनल पुग्ने छ । पुलिसको ५ र आर्मीको ३ अंक छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.