2 years ago
March 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट भलिबल क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियसिपको महिलातर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो ।
राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५– १८ हराएको हो । एपिएफलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको न्यु डायमण्डले एभरेष्टविरुद्ध भने कुनै पनि समय खेलमा प्रभाव जमाउन सकेन ।
एपिएफलाई हराउँदै पुलिस अन्तिम दुईमा पुगेको थियो । आज भएको पहिलो सेमिफाइनलमा ३–१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको थियो । समूह चरणमा पुलिस र एभरेष्ट एकै समूहमा थिए । त्यसमा विजयी हुँदै पुलिस समूह विजेता र एभरेष्ट समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए ।

प्रतियोगितामा पुरुषतर्फका अन्तिम दुई क्वार्टरफाइनल खेल हुनेछ । तेस्रो क्वार्टरफाइनलमा पुलिस र कोशी प्रदेश तथा अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]